अध्याय १
ज्ञानमार्ग के हो?
ज्ञानमार्ग अद्वैत वेदांत मा आधारित मार्ग हो।
वेद, अबधूत गीता, अष्टावक्र गीता आदि यसका आधार ग्रन्थ हुन।
अपरोक्ष अनुभव र तर्क ज्ञान का साधन हुन।
आत्मज्ञान, ब्रह्मज्ञान र माया को ज्ञान प्राप्त गर्ने माध्यम हो।
यसमा अन्धविश्वास, आस्था र मान्यतालाई व्यवस्थित ढंगले नष्ट गरी अज्ञानता हटाइन्छ ।
यो मुक्तिको लागि हाम्रो जीवन परिवर्तन गर्ने मार्ग हो।
यहाँ कस्तो ज्ञान प्राप्त हुन्छ?
ज्ञान मार्गमा हामी अनुभव, अनुभवकर्ता र अस्तित्वको बारेमा जान्दछौं।
यहाँ सत्य र मिथ्या को अर्थ थाह हुन्छ।
विज्ञान को सहारा लिएर बुद्धि को सीमासम्म मिथ्या (माया) र माया अन्तर्गत सृष्टि, जगतको ज्ञान पाउन सकिन्छ।
परम सत्य अज्ञेय छ। अस्तित्व अज्ञेय छ।
यहाँ बुद्धि समर्पण गर्नु बाहेक अरु उपाय छैन ।
विधि
प्रवचन,
परिभाषा,
ज्ञानका साधनहरूको प्रयोग,
प्रश्न,
तार्किक विश्लेषण
सत्यको मापदण्डको प्रस्तुति समावेश हुन्छ।
देहायका चरणहरू छन्:
श्रवण: प्रस्तुति श्रवण चरणहरूमा गुरुद्वारा प्रसारित हुन्छ।
मनन: गुरुको वाणीको चिन्तन/मनन, सोच/विचार, तर्क/वितर्क गरी पुष्टि गर्ने।
निदिध्यासन: अभ्यासमा भरोसा गर्ने प्रयास।
प्रमाणीकरण।
आत्म-मूल्याङ्कन: कमजोरी पत्ता लगाउने/पहिचान गर्ने।
सुधार: कमजोरीहरूको सुधार।
प्रशिक्षण: ज्ञान फैलाउन अतिरिक्त प्रशिक्षण।
गुरु
जसले आत्मज्ञान, ब्रह्मज्ञान र माया को ज्ञान प्राप्त गरेको छ, ज्ञान को प्रकाशद्वारा अन्धकारलाई नष्ट गर्छ त्यो गुरु हो।
गुरु पूर्वजन्मको सम्बन्ध र कर्मबाट प्राप्त हुन्छ।
साधक मा निश्चित गुण हुनुपर्छ।
गुरु र गुरुक्षेत्रको निर्देशन पालन गर्नुपर्छ।
जसको विचार सहि, ज्ञानले भरिपूर्ण, तार्किक, सुन्न मनमोहक, प्रेरणादायी र ज्ञान फैलाउने बाहेक अरु कुनै उद्देश्य नभएको छ, उसैलाई मात्र गुरु चुन्नुपर्छ।
साधक
साधक त्यो हो जसले अज्ञानताबाट मुक्त हुने इच्छाका साथ अध्यात्ममा गुरुद्वारा देखाएको मार्गलाई अनुसरण गर्दछ।
ज्ञानमार्गको हरेक चरणमा अनुशासित ढंगले साधना गर्नुपर्छ।
लक्ष्य
अनावश्यक धारणा र अज्ञानतालाई त्यागेर ज्ञान मा स्थित हुने।
ज्ञानमार्गका सबै चरण पार गर्दै आत्मज्ञान, मायाज्ञान र ब्रह्मज्ञान प्राप्त गर्ने।
गुरु-शिष्य परम्पराअनुसार व्यवस्थित ढंगले ज्ञानको प्रसार गर्ने ।
ज्ञानमार्गको आधारभूत सिद्धान्त अनुसार जीवन शैलीमा पनि परिवर्तन ल्याउने उद्देश्य हुनुपर्छ ।
विशेषता
ज्ञानमार्गमा चरणबद्ध रूपमा ज्ञान प्राप्त हुन्छ।
अन्धविश्वासमा आधारित नियमहरू, अर्थविनाको आचरण र लक्ष्यविनाको अभ्यास गर्न आवश्यक छैन।
त्यहाँ कुनै भेदभाव छैन,
कुनै उपाधि छैन, समानता छ, खुलापन छ।
श्रवण, चिन्तन, अध्ययन, प्रमाणीकरण, आत्ममूल्याङ्कन, शुद्धि आदिको अवसर दिइन्छ।
यो इन्टरनेट आधारित कार्यक्रम हो।
ज्ञान फैलाउनु बाहेक अरू कुनै उद्देश्य वा स्वार्थ छैन। गुरु-शिष्यले चलन चलाउँछन्।
प्रश्न सोध्ने र अन्तरक्रिया गर्ने मौका छ।
यहाँ कस्तो अपेक्षा लिएर आउने ?
पूर्ण ज्ञान प्राप्त हुन्छ। आत्मज्ञान माया को ज्ञान र ब्रह्मज्ञान प्राप्त हुन्छ, जसभन्दा माथि प्राप्त गर्न वा जान्नु केही बाँकी छैन। ज्ञान बाहेक केही छैन।
विनाशकारी मार्ग हो यहाँ अज्ञानता, आस्था, अन्धविश्वास आदिको नाश हुन्छ।
सबै पुराना हटाइन्छ र परिवर्तन हुन्छ। त्यसैले यसलाई विनाशकारी मार्ग भनिन्छ।
सावधानी
ज्ञान भएमा घमण्ड निम्त्याउन सक्छ। अहंकार बढ्न सक्छ।
यसले विलासिताको चाहना जगाउन सक्छ।
सांसारिक लाभ खोज्नेको पतन हुन सक्छ। त्यसैले कुनै सांसारिक लाभ वा इच्छा लिएर आउनु हुँदैन।
ज्ञानमार्गको आधारभूत सिद्धान्त र अनुशासनको पालना गर्नुपर्छ ।
विकल्प
भक्तिमार्ग, योगमार्ग, तन्त्रमार्ग आदि आध्यात्मिक उन्नतिका लागि धेरै मार्गहरू छन्। यिनीहरूमध्ये श्रेष्ठ ज्ञान मार्ग हो।
अध्याय २
ज्ञानदीक्षा कार्यक्रम
ज्ञानदीक्षा कार्यक्रम आठ चरणमा पूरा हुन्छ:
प्रवेश
श्रवण
मनन, सत्यापन
निदिद्यासन
आत्म मूल्यांकन
शुद्धिकरण
प्रशिक्षण/ज्ञान प्रसार
प्रमाणपत्र ।
अस्तित्व
विश्वचित्त मा जे छ त्यो सबै अनुभवकर्ताले अनुभव गर्छ, त्यही हरेक अनुभवको समग्रता अस्तित्व होl
संपूर्णता, शून्यता, अभाव, द्वैध, एकता सबै अस्तित्व हो।
जल, वायु, आकाश, धर्ती, ब्रम्हाण्ड, दैविक, जैविक, भाैतिक, अभाैतिक, चर अचर, सजीव, निर्जीव, जड, चैतन्य, मन, भावना, बुद्धि, राम्रो नराम्रो, शक्ति, उर्जा, सम्भावना, गति, स्थिरता, समय, सत्य, असत्य, प्रकाश, अन्धकार आदि अस्तित्व का भाग हुन ।
अस्तित्व शाश्वत, नित्य र अनंत छ।
अनुभव
अस्तित्वमा विद्यमान, प्रकट/अप्रकट चिज जो अनुभवकर्ताद्वारा अनुभव हुन्छ त्यो सबै अनुभव हो।
अनुभव प्रतीतिकारण मात्र हो।
अनुभवकर्ता को माया स्वरूप हो।
अस्तित्व नै अनुभवको कारक हो।
अनुभवकर्ता
अस्तित्व को अनुभव गर्नेवाला अनुभवकर्ता हो।
अनुभवकर्ता अस्तित्व मै हुन्छ र स्वयंकै अनुभव गर्छ।
अनुभवकर्ता र अनुभव एक हो, यसको प्रकार हुदैन, अलग हैन।
सबै अनुभव अनुभवकर्ताको पटलमा निरन्तररूपमा आउछ जान्छ।
अनुभवकर्ता समय, बुद्धि, माया, सुख दुख, लगाएत हर प्रकारका सीमाहरुबाट पर छ।
अनुभवकर्ताकाे सम्पूर्ण ज्ञान कहिल्यै हुन सक्तैन।
अनुभवक्रिया
अनुभवकर्ताद्वारा अस्तित्व दर्शाउने विधि अनुभवक्रिया होl
अस्तित्वमा विद्यमान अनुभवको अनुभवकर्ताद्वारा महशुष गर्नु, स्वयंलाई जान्नु, आफ्नै क्रिया/प्रतिक्रियाको साक्षी हुनु नै अनुभवक्रिया हो।
यो गतिशीलताको प्रतिती हो, जो अनुभवकर्ताद्वारा देखिन्छl
यो अवधारणा र मान्यताबाट रहित छ।
अनुभव र अनुभवकर्ता अनुभवक्रियाकोरूपमा संयुक्त/एक हुन्छन। यही एकता अस्तित्व हो।
मूलज्ञान
अनुभव, अनुभवकर्ता, अनुभवक्रिया र अस्तित्वको बारेमा जान्नु, बुझ्नु नै मूल ज्ञान हो।
अस्तित्व नै अनुभव र अनुभवकर्ता पनि हो।
अस्तित्वलाई स्वयंको अनुभव भैरहेको छ।
ज्ञान का अंत
मूलज्ञान नै सम्पूर्ण ज्ञान हो।
बाकी सबैज्ञान मूल ज्ञानको विस्तार हो।
यो भन्दा अगाडी जन्न को लागि केही पनि बाकी हुदैन। यहाँ ज्ञान को अन्त हुन्छ। त्यसैले वेदान्त भनिएको हो।
सीधा मार्ग
ज्ञानमार्ग सीधा मार्ग हो। किनभने ज्ञानलाई छोपेर, ढाकेर राख्ने अज्ञानलाई ज्ञानमार्गको माध्यमबाट हटाइन्छ।
यो प्रत्यक्ष मार्ग हो।
यसमा कुनै प्रयास र साधना को आवश्यकता पर्दैन।
जो मूलज्ञानलाई विस्तारमा बुझ्न चाहन्छ, जो अज्ञानको अन्धकारमा छ र जान्नको लागि जिज्ञासु छ, ज्ञान प्रसारमा रूचि लिएको छ त्यस्तो व्यक्ति यस मार्गमा अनुशासित र व्यवस्थितरुपले अगाडी बढेर ज्ञानदीक्षा ग्रहण गर्न सक्छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें